कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही निर्वाचित
प्रकासित मिति : २०७९ मंसिर ९, शुक्रबार २२:०३
प्रकासित समय : २२:०३
सुर्खेत । कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गरेका हुन् ।
महेन्द्रले २४ हजार ४७४ र नगीन्द्रले १६ हजार ४१० मत पाएका छन् ।
उनले यसअघि ०७० को दोस्रो संविधान सभा सदस्य र ०७४ मा प्रदेशसभामा चुनाव जितेका थिए । २०७४ को चुनाव जितेपछि कर्णालीको मुख्यमन्त्री बनेका उनी योपटक प्रतिनिधिसभा चुनाव लडेका हुन् ।