नेपालगन्जको भट्टीटोलमा चिल्ड्रेनपार्क बन्दैँ
बाँके, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका -११ भट्टी टोलमा चिल्ड्रेनपार्क बन्ने भएको छ । बिहीवार वडा अध्यक्ष नन्दकिशोर कश्यप वडा सदस्य राजेश कुमार सहित भट्टी टोलमा रहेको २५ वर्ष पुरानो ताल पटान गरेका छन् ।
वडा कार्यालयमा बालपार्कको लागी कुनै बजेट नछुट्ट्याइएको भएपनि उपमहानगरपालिका सँग बजेट ल्याई बालपार्क बनाउने उनले बताए । अध्यक्ष कश्यपका अनुसार लामो समय देखी ७ कट्ठा जमीन भएको ताल फ़ोहोरको थलो बनेको थियो । तालमा बालपार्क बनाउँदा स्थानीय बालबालिकालाई मनोरञ्जन तथा खेलकुदको लागि फाइदाजनक हुन सक्छ । बेवारिसे तालमा स्थानीयले अतिक्रमण जमाएका भए नापी ल्याएर अतिक्रमण हटाउने छौँ । तालबाट सटेको नालाका लागि उनले योजना ल्याई सकेको समेत बताए ।
स्थानीय बासिन्दा मौलाना जियाउल मुस्तफा नुरानीले नन्द किशोरको बालपार्क बनाउने योजनाको प्रसंशा गरेका छन् । उनले बालपार्क बनाए नजिकै रहेको विद्यालय तथा मदरसाका बालबालिकाकाहरुको लागि बालपार्क एउटा उपलब्धि साबित हुन सक्छ । त्यस्तै वडा सदस्य राजेश कुमारले उक्त योजना बारे सहमति जनाउँदै फ़ोहोर ब्यवस्थापनका लागी वडा कार्यालयले टोलटोलमा फ़ोहोर जम्मा गर्ने भाडो राख्ने प्रतिबद्धता गरेका छन् । उक्त तालमा करीब २५ वर्ष देखी फ़ोहोर तथा पानी जम्मा हुने गरेको छ ।

