कालिकोटबाट प्रदेशसभा सदस्यमा माओवादीका रावत निर्वाचित
प्रकासित मिति : २०७९ मंसिर ८, बिहीबार १३:२८
प्रकासित समय : १३:२८
कालिकोट, कालिकोट क्षेत्र न.१ (क) बाट प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका उम्मेदवार दुर्ग बहादुर रावत निर्वाचित भएका छन् ।रावतले नेकपा एमालेका उम्मेदवार कुर्मराज शाहीलाई १ हजार ६१ को मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।
रावतले ९ हजार १४ मत पाउँदा एमालेका उम्मेदवार कुर्मराज शाहीले ७ हजार ९५३ मत मात्र ल्याए ।
यस्तै नेपाल मजदुर किशान पार्टीका रबिन्द्र बहादुर शाहीले ११ सय र राप्रपाका सुर्य बहादुर शाहीले १ हजार ७१ मत ल्याए ।