सुर्खेत २ (१) मा यामलाल कँडेललाई २६ मतले सुरुवाती अग्रता
प्रकासित मिति : २०७९ मंसिर ७, बुधबार १५:१२
प्रकासित समय : १५:१२
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेकपा एमालेका कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेललाई सुरुवाती अग्रता मिलेको छ ।
अहिलेसम्म गणना भएको ४ हजार ५४८ मत मध्ये कँडेल २६ मतले अगाडि छन् । उनले एक हजार ९३७ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कालिप्रसाद शाक्यले १ हजार ९११ मत पाएका छन् ।
प्रदेश राजधानी समेत भएको यो क्षेत्रलाई आम चासोका रुपमा हेरिएको छ ।