गोरखा २ मा प्रचण्ड १२ हजारभन्दा बढी मतले अगाडि
प्रकासित मिति : २०७९ मंसिर ७, बुधबार १९:३९
प्रकासित समय : १९:३९
काठमाडौँ, चर्चामा रहेको गोरखा क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्य प्रतिस्पर्धीसँग १२ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।
पछिल्लो मतगणनामा उनले २१ हजार ६४ मत प्राप्त गरेका छन् । उनले आफ्नो अग्रता थप फराकिलो बनाउँदै लगेका छन् । कूल ४१ हजार चार सय सात मतगणना हुँदा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले आठ हजार चार सय ६३ मतसहित दोस्रो स्थानमा पछ्याइरहेका छन् ।
बुर्लाकोटी अध्यक्ष दाहालभन्दा १२ हजार छ सय ११ मतले पछाडि परेका छन् । त्यस्तै नेकपा एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म पाँच हजार छ सय ३६ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए ।