तनहुँ १ मा रामचन्द्र पौडेललाई पछि पार्दै रानाले लिए अग्रता
प्रकासित मिति : २०७९ मंसिर ६, मंगलवार १५:२६
प्रकासित समय : १५:२६
तनहुँ, तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार पौडेललाई पछि पार्दै एमालेका उम्मेदवार रानाले १३२ मत अन्तरले पछि पारेका हुन् ।
रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले ५२२ मत पाएका छन् ।