गिरफ्तार विद्यार्थी नेता-कार्यकर्तालाई रिहा गर्न क्रान्तिकारीको माग

काठमाडौँ, अखिल क्रान्तिकारीका अध्यक्ष मिलन राईले दलाल संसदीय व्यवस्थाको चुनाव अवज्ञा आन्दोलनका क्रममा गिरफ्तार गरिएका सङ्गठनका उपाध्यक्ष वीरेन्द्र शाहसहित सम्पूर्ण नेता–कार्यकर्तालाई बिनासर्त अविलम्ब रिहा नगरिए इँटको जबाफ पत्थरले दिने चेतावनी दिएका छन् ।सङ्गठनका अध्यक्ष राईले विज्ञप्ति जारी गरी चुनाव अज्ञाका क्रममा गिरफ्तार गरिएका सङ्गठनका केन्द्रीय उपाध्यक्ष वीरेन्द्र शाह, सचिव नवराज भट्ट, केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज सुरेन्द्र धानुक, के.स.स तथा गण्डकी प्रदेश इन्चार्ज हरि बिष्ट, केन्द्रीय सचिवालय सदस्य रमेश सुनार, के.स. तथा पोखरा विश्वविद्यालय इन्चार्ज प्रवेश रुम्बा, के.स. तथा पूर्वाञ्चल विश्वविद्यालय इन्चार्ज दिनेश जोशी, के.स. तथा काठमाडौँ जिल्ला संयोजक मिम ऐडी, के.स. तथा सीटीईभीटी जिल्ला संयोजक भूपाल विक, केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज पदम नेपाली, केन्द्रीय सदस्यहरू आईषा भुजेल, स्मृति कार्की, सपना मगर, कृष्ण खड्का, गणेश थापा, वीरेन्द्र नेपाली, कपिलवस्तु जिल्ला संयोजक लक्ष्मी खनाल, अर्घाखाँची जिल्ला उपाध्यक्ष राजेश, सहसचिव कुमार, जिल्ला सदस्यहरू दिनेश नेपाली, सम्झना गिरी, विरेन्द्र नाथ र वचन गिरफ्तार गर्न माग गरेका छन् ।

उनले वर्तमान दलाल संसदीय व्यवस्था नै असफल भएको बेला व्यक्तिको विकल्प खोज्नु आमजनताका लागि सबैभन्दा ठूलो धोका भएको बताउदैँ संसदीय निर्वाचन (प्रतिनिधिसभा/प्रदेशसभाको निर्वाचन) गरी वैधानिक रूपमा भ्रष्टाचार र राष्ट्रघाती सम्झौताको लाइसेन्स प्राप्त गर्नका लागि आज निर्वाचन गरेको आरोप लगाए ।

उनले जनताको व्यवस्था ल्याउन र शिक्षा सबैको पहुँचमा पुर्याउनका लागि ‘नो भोट अगेन’ को नारासहित निर्वाचन अवज्ञा गर्ने क्रममा कथित लोकतन्त्रको धज्जी उडाउँदै सत्ता र शक्तिको आडमा धरपकड गरी आज विभिन्न जिल्लाबाट गिरफ्तार गरेको कार्यप्रति सङ्गठन घोर निन्दा एवम् भत्र्सना गरेका छन् ।

अन्त्यमा विभिन्न रूपबाट कथित संसदीय व्यवस्थाको निर्वाचन सक्रिय रूपमा अवज्ञा गर्ने सङ्गठनका नेता–कार्यकर्ता लगायत आमयुवा, विद्यार्थी, जनसमुदायमा सङ्गठनका तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

यस्तो छ विज्ञप्ति