माइतीघरबाट नेकपा बहुमतका कार्यकर्ता पक्राउ
प्रकासित मिति : २०७९ मंसिर ४, आईतवार १२:२१
प्रकासित समय : १२:२१
काठमाडौं । निर्वाचन विरोधी गतिविधि गरेको भन्द प्रहरीले नेकपा बहुमतका कार्यकर्तालाई काठमाडौंको माइतीघरबाट पक्राउ गरेको छ ।
आइतबार दिउँसो देशभर मतदान चलिरहेका बेला धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा बहुमतका केही कार्यकर्ताले माइतीघरमा निर्वाचन बहिस्कारको माग राख्दै प्रदर्शन गर्न खोजेका थिए । तर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रकाउ पर्नेमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) केन्द्रीय सचिब नवराज भट्ट, केन्द्रीय सदस्य सपना मगर, केन्द्रीय सदस्य स्मृती कार्की लगायत रहेको बुझिएको छ ।