दोलखाको एक मतदान केन्द्र चल्यो गोली
प्रकासित मिति : २०७९ मंसिर ४, आईतवार ११:०६
प्रकासित समय : ११:०६
दोलखा । दोलखाको तामाकोशी गाउँपालिकास्थित एक मतदान केन्द्रमा गोली चलेको छ । दलका कार्यकर्ताले मतदानका क्रममा अनावश्यक हुलदंगा गरेपछि प्रहरीले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको बागमति प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यले जानकारी दिइन् ।
तामाकोसी गाउँपालिकाको गोल्मेश्वर मतदान केन्द्रमा गोली चलाउनु परेको हो । मतदान केन्द्रमा एक पटकमा २०–२५ जनालाई मात्रै मतदान गर्न दिने भने पनि कार्यकर्ताले हुलदंगा गरेर मतदान प्रभावित गर्न खोजेका थिए । अहिले त्यहाँ मतदान रोकिएको छ ।