चितवनमा मतपेटिका जलाउने प्रयास

चितवन । चितवनको राप्ती नगरपालिकामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताहरुले मतपेटिका जलाउने प्रयास गरेका छन् ।

आज (आइतवार) बिहान ८ बजेतिर राप्ती नगरपालिका–८, खिर्कीस्थित ब्रहम्सथानी विद्यालय मतदानस्थलमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउन प्रयास गरेका हुन् । त्यसक्रममा प्रहरीले तीन राउण्ड गोली चलाएको छ । प्रहरीको गोली लागेर विप्लवका एक कार्यकर्ता घाइते भएका छन् । घटनापछि मतदानस्थल तनावपूर्ण हुँदा दुई घण्टा मतदान स्थगित भएको छ ।

नेपाल प्रहरीकी बागमती प्रदेश प्रमुख डीआईजी किरण बज्राचार्यले मतदान बिथोल्न खोजेपछि तीन राउड गोली चलाइएको जानकारी दिएकी छन् । त्यसक्रममा एक जनालाई गोली लागेको हो । प्रहरीले गोली चलाएपछि विप्लवका कार्यकर्ताहरु भागेका छन् ।