कन्चनपुरबाट विद्यार्थी उपाध्यक्ष सहित बहुमतका आधादर्जन नेताकार्यकर्ता गिरफ्तार
कन्चनपुर, कन्चपुरको महेन्द्रनगरबाट धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा (बहुमत) का आधादर्जन नेता तथा कार्यकर्ता गिरफ्तार परेका छन् ।निर्बाचन बिरोधी गतीबिधीमा गरेको आरोपमा महेन्द्रनगरबाट आईतबार नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष बिरेन्द्र शाह लगायत आधा दर्जन नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो ।
गिरफ्तार पर्नेमा विद्यार्थी सङ्गनका उपाध्यक्ष शाह, शुदुरपश्चिम इन्चार्ज सुरेन्द्र धानुक, नेकपा (बहुमत) का कन्चनपुर जिल्ला इन्चार्ज हरिश दयाल, संयोजक नक्साल, युवा जनस्वयमसेवकका नेता दिपेन्द्र ऐरी, विद्यार्थी सङ्गठनका विरेन्द्र नाथ, सुरज नाथ, सुरज मल्ल रहेको बुझिएको छ।
स्वतन्त्रत रुपमा विचार राख्न पाउने अभिव्यक्ती स्वतन्त्रताको धज्जि उडाएर सरकारले विद्यार्थी सङ्गठन लगायतका नेता तथा कार्यकर्तामाथी धरपड गरिरहेको भन्दैँ अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन राई सरकार संग आक्रोस पोखे ।
उनले सङ्गठनका उपाध्यक्ष शाह सहित देशभरबाट गिरफ्तार गरिएका विद्यार्थी सङ्गठन नेता तथा कार्यकर्तालाई यथाशीघ्र रिहा गर्न सरकार संग माग गरेका छन् ।