खेलकुदमन्त्री गहतराजले गरे बाँकेबाट मतदान

कोहलपुर, युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले बाँकेबाट मतदान गरेका छन् ।बिहान साढे ७ बजे बाँके कोहलपुर नगरपालिका-९ पिपिरी कृषि बिकाश बैंकमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उनी बाँके क्षेत्र न १ बाट लोकतान्त्रिक बाम गठबन्धनका प्रत्यासी उम्मेदवार समेत हुन् ।देशभर आइतबार सुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ  ।बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहनेछ ।