भीम रावलले चन्दोदयबाट गरे पहिलो मतदान
प्रकासित मिति : २०७९ मंसिर ४, आईतवार ११:०१
प्रकासित समय : ११:०१
अछाम । नेकपा एमालेका नेता डा. भीम रावलले अछामबाट मतदान गरेका छन् । उनले अछाम क्षेत्र नम्बर १ मा रहेको चन्दोदय आधारभूत विद्यालयबाट पहिलो मतदान गरेका हुन् । रावलले बिहान ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् ।
चिसो मौसम र दलका प्रतिनिधि आउन ढिलो हुँदा यहाँ मतदान प्रक्रिया केही ढिलो सुरु भएको थियो । रावलले देश र जनतालाई सम्झेर मतदान गरेको प्रतिक्रिया दिए । यहाँ एमालेबाट झपट बोहरा र गठबन्धनबाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।