बर्दियाको खैरापुर मतदान केन्द्रमा बम विष्फोट

बर्दिया । बर्दिया क्षेत्र नम्बर १ स्थित नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा बम विष्फोट भएको छ । मतदान केन्द्र नजिकै खेतमा बम विष्फोट भएपछि मतदान कार्य रोकिएको छ ।

file photo

जिल्ला प्रहरी कार्यालयका अनुसार सेनाको डिस्पोजल टोलीले अहिले खोजतलास गरिरहेको छ । मतदान शुरू भएको केही समयमै नजिकै रहेको खेतमा बम विष्फोट भएको थियो ।

मतदान केन्द्र रहेको स्कूल भवनमाथि विष्फोट भएपछि मतदाताको भागाभाग भएको छ । अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।