प्रधानमन्त्री देउवाले गरे डडेल्धुराबाट मतदान

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् ।

प्रधानमन्त्री देउवाले गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ को असिग्राम माध्यमिक विद्यालय रुवाखोलाबाट मतदान गरेका हुन् । प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् ।