गस्तीमा रहेको सेनाको पिक अप भ्यान दुर्घटना
प्रकासित मिति : २०७९ मंसिर ४, आईतवार १७:३४
प्रकासित समय : १७:३४
बाँके, बाँकेको कोहलपुरमा गस्तीमा रहेको नेपाली सेनाको पिक अफ भ्यान दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षामा खटिएको प्रदेश ३ -०१-००२ झ ५११२ नम्बरको पिक अफ भ्यान सम्झना चो बाट कोहलपुरतर्फ जाँदै गर्दा कोहलपुर ४ स्थित किरणनालामा अनियन्त्रित भई पल्टिएको हो ।
दुर्घटनामा मानवीय क्षति नभएको बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।