नेपालगन्जको राँझामा ओभर ब्रीज निर्माण कार्य सुचारु

नेपालगञ्ज, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० राँझा स्थित ओभर ब्रीज निर्माण कार्य सुरु भएको छ । केहि दिन अगाडि भारत नेपालको नाका जमुनाह देखी राँझासम्म हाइवेको स्तर उन्नति काम सुरु भएको थियो । एकपछी आर्को विकास देखेर जनता हर्षित हुँदै सामाजिक सञ्जालमा उत्साह देखाएका छन् ।

नेपालगन्ज-कोहलपुर सडकखण्डको राझामा ओभर ब्रीजको काम समेत सुरू भएको छ । नेपालगन्जका सडकमाथि बन्ने चारवटा ओभर ब्रिज मध्य एउटा राझाको ब्रीज पनि हो । राझाको ब्रीज निर्माणको काम शुक्रबारदेखि सुरू भएको छ । केही समयअघि नेपालगन्जका चार ठाउँ र कोहलपुरमा एउटा ब्रीजको शिलान्यास गरिएको थियो ।

एउटा पुलका लागि करिब ८ करोड २१ लाख बराबर लागत छ । यी पुलहरूको निर्माण एक वर्षभित्र सकिने निर्माण कम्पनीले जनाएको छ । पुल निर्माणको जिम्मेवारी पाएको डायनामिक कन्ट्रक्सनले यहाँका अरू पुलहरूको निर्माण कार्य पनि चाँडै सुरू हुने बताएको छ । काम गर्दा कुनै अवरोधहरू नभएमा निर्माण सुरू गरिएको एक वर्षभित्र सबै कामहरू सम्पन्न हुने कम्पनीको भनाइ छ।