बझाङको जयपृथ्वीमा देखियो चुनाव अवज्ञा कार्यक्रम

बझाङ, बझाङको जयपृथ्वी नगरपालिका-१ कैलाशमा नेपाल कम्युनिस्ट पाटी (बहुमत) द्धारा चुनाब अवेज्ञा कार्यक्रम गरेकाे छ ।उक्त चुनाव अवज्ञा कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य सुदिप शाहीले मतदलाल संसदीय व्यवस्थाकाे चुनाबले नेपाली जनताकाे जीवन शैली परिवर्तन नगर्ने र झन नेपाली जनता माथि दमन, लुट मच्चाउन र देशकाे राष्ट्रियता माथी धराप आउने राष्ट्रघाती एमसिसी जस्ता संन्धीसम्झौता गराउन नेतालाई अधिकार सम्पन्न गर्ने भएकाले यस्ताे गल्ती नगर्न सम्पूर्णमा अपिल गरेका थिए ।

त्यस्तै नेपाल कम्यूनिष्ट पार्टी (बहुमत)का बझाङ जिल्ला सेक्रेटरी बाजिलालले संसदीय चुनाबकाे सट्टा वैज्ञानिक समाजवादकाे चुनाब गरेकाे भए सबैकाे हित हुने र जब सम्म व्यवस्थामा परिवर्तन हुदैन तब सम्म दलाल राज्य व्यवस्था विरुद्ध जनताकाे व्यवस्था स्थापना गर्न नेकपा (बहुमत) जनता संङ्गै निरन्तर लडाइ लडिरहने बताए।

उक्त कार्यक्रम नेकपा (बहुमत) का बझाङ जिल्ला सदस्य कृष्ण बहादुर सिँहले गरेको थिए । जयपृथ्वी नगरपालिका- १ पुर्व विध्यार्थी नेता तथा सहिद प्रज्वल शाही र राजेस सिंहको जन्मभुमि हो ।