चुनाव प्रचारको अन्तिम दिन : नेपालगन्जमा माओवादी केन्द्रको शक्ती प्रदर्शन

नेपालगन्ज, चुनाव प्रचार प्रसारको अन्तिम दिन बिहिबार नेपालगन्जमा माओवादी केन्द्रले विशाल र्‍याली सहितको घरदैलो गरेकाे छन । शुन्य समय सुरु हुनुपुर्व माओवादी केन्द्र बाँके क्षेत्र नम्बर २(२)ले नेपालगन्जमा शक्ती प्रदर्शन गरेको हो ।नेपालगन्ज पार्टी कार्यालयमा भेला भएका माओवादी केन्द्रका उम्मेदवारसहितका नेता कार्यकर्ताहरुले बजार क्षेत्रमा घरदैलो गरेका हुन । घरदैलो कार्यक्रममा करिब ५ हजार बढि स्थानिय सहभागी भएका थिए ।

घरदैलो कार्यक्रम पछिको सभालाई सम्बोधन गर्दै माओवादी केन्द्र को तर्फबाट बाँके क्षेत्र नम्बर २(२)प्रदेश सभा सदस्य पदका उम्मेदवार अकल बहादुर बमले बिकास र समृद्धिका लागी माओवादी केन्द्रका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे । सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुन गईरहेको निर्वाचनमा सहभागी भई आफ्नो मतदाधिकारको प्रयोग गर्न समेत उनले सबै मतदाताहरुलाई आग्रह गरेका छन ।

बिगतमा माओवादी केन्द्रले गरेकाे परिवर्तन हक अधिकारका आधारमा बाँके क्षेत्र नं. २(२) का मतदाताले आफुलाई जिताउने बताउँदै बमले गलत प्रवृत्तिलाई परास्त गरी परिवर्तनका पक्षधरलाई बिजयी बनाउन आग्रह गरे । चुनावी अभियानका क्रममा मतदाताहरुले देखाएको सद्भावले माओवादी केन्द्रका उम्मेदवारहरुको जित सुनिश्चित देखिएको बताउँदै उनले अब मत हाल्ने औपचारीकता पुरा हुन मात्र बाँकी रहेको बताए ।