वडा नम्बर ११ मा जागृति गुप्तालाई सम्मान

बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ मा सहजकर्ताको रुपमा कार्यरत जागृति गुप्तालाई सम्मान गरिएको छ। उपमहानगरपालिकाको-११ को वडा कार्यालयद्वारा सहजकर्ताको रुपमा कार्यरत गुप्ताको कार्य मुल्यांकन गर्दैँ सम्मान गरिएको हो ।वडाध्यक्ष नन्द किशोर कश्यपले जागृति गुप्तालाई सम्मान पत्र सहित उज्ज्वल भविष्यको कामना सहित शुभकामना दिएर बिदाई गरेका हुन् ।गुप्तालाई आइतबार वडाध्यक्ष कस्यप सहित, वडा सचिब केदार प्रसाद अधिकारी, वडासदस्यहरु राजेश वैश्य, कुमारी पुनम लखेर, सबिता वाल्मीकि लगायतका वडाका कर्मचारीरुले सामुहिक रुपमा सम्मान गरेका हुन्। सम्मान पत्र पाएकी जागृति गुप्ताले वडा कार्यालयलाई धन्यवाद व्यक्त गरेर बिदाइ लिइन् ।