बझाङ केन्द्रविन्दु भएर फेरी शक्तिशाली भूकम्प

सुर्खेत, पश्चिम नेपालमा फेरि शक्तिशाली भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार शनिबार राति ८ बजेर १२ मिनेट जाँदा ५.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु बझाङको पातादेवल रहेको थियो ।  कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।