प्युठानमा जिप दुर्घटनामा हुँदा तीन जनाको मृत्यु, १२ घाइते
प्रकासित मिति : २०७९ कार्तिक २३, बुधबार ०८:४६
प्रकासित समय : ०८:४६
प्युठान , प्युठानमा जिप दुर्घटना भएको छ । प्युठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी सुशील थापा मगरका अनुसार दुर्घटनामा खुमन थापा, बच्ची थापा जुनकी र मैमा घर्तीको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।