लमजुङमा नमुना मतदान सम्पन्न, २४% मत बदर
लमजुङ, जिल्ला निर्वाचन कार्यालय लमजुङको आयोजनामा जिल्लाको बेशिसहर नगरपालिकामा नमुना मतदान सम्पन्न भएको छ।
बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो। निर्वाचन कार्यालयले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिबार नमुना मतदान गरेको हो।
बेसिसहर नगरपालिका ८ फुलबारीमा नमुना मतदान गरिएको थियाे ।नमुना मतदानमा ३८ मत खसेकोमा २९ मत सदर र ९ मत बदर भएको थियाे ।
नमुना मतदानका सबै विधि र प्रक्रियाहरू अवलम्बन गर्ने गरिन्छ। यो निर्वाचनमा ८ वटै पालिकामा नमुना मतदान हुँदै छ।
स्थानीय चुनाव र अहिलेकाे मतपत्र फरक भयकाे र बदर मत कम गर्ने उद्श्यले नमुना मतदान कार्यक्रम गरेकाे मुख्य निर्वाचन अधिकृत शिव प्रसाद खनालले बताय । निलाे काेटमा राताे स्विटर लगाउने जिल्लाका सबै पालिकामा नमुना मतदान आयोजना गरियकाे जिल्ला निर्वाचन कार्यालय लमजुङका प्रमुख नारायण सापकोटाले बताए ।
जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद सापकोटाका अनुसार जिल्लामा जिल्ला कारागार र जिल्ला समन्वय समिति अस्थायीसहित एक सय ३० वटा मतदानस्थल र एक सय ८८ वटा मतदान केन्द्र छन् । जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदाता छन् । लमजुङमा निर्वाचन सुरक्षार्थ दुई हजार तीन सय ७६ सुरक्षाकर्मी खटिँदै छन् ।