काठमाडौंबाट रुकुम जाँदै गरेको बस त्रिशुलीमा खस्यो, २० जना घाइते
प्रकासित मिति : २०७९ कार्तिक १९, शनिबार २०:४२
प्रकासित समय : २०:४२
काठमाडौं , धादिङको बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो ।
बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीले बताए । घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।