दुई क्रान्तिकारी विद्यार्थी सङ्गठनले आज पत्रकार सम्मेलन गर्दैँ
काठमाडौं, आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको अवज्ञा तथा बहिस्कारमा लागेका चार कम्युनिस्ट पार्टी संग आबद्ध विद्यार्थी संगठनहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन्।धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओबादी) संग आबद्ध अखिल (क्रान्तिकारी) नामक दुईवटा विद्यार्थी संगठनले आज शुक्रवार राजधानीको संवाद डवलीमा दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
दुई क्रान्तिकारी विद्यार्थी सङ्गठनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिस्कार तथा अवज्ञाबारे संगठनको आधिकारिक धारणाको साथै आगामी योजना तथा कार्यक्रमहरु सार्वजनिक गर्ने बताइएको छ ।
पत्रकार सम्मेलनमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) अध्यक्ष मिलन राई र क्रान्तिकारी माओवादी निकट विद्यार्थी सङ्गठनका अध्यक्ष हरिकृष्ण गजुरेल लगायतका विद्यार्थी नेताहरुको उपस्थिती रहने बुझिएको छ ।