संसदीय चुनावको बहिष्कार गरौँ : सिपी गजुरेल

सुर्खेत, नेकपा (क्रान्तिकारी माओवादी) नेता सिपी गजुरेलले आगामी मंशिर ४ गते हुने संसदीय निर्वाचनको बहिस्कार गर्न आवह्नान गरेका छन् ।देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका नेता गजुरेलले विहिवार सुर्खेतको बिरेन्द्रनगरमा चार दलिय मोर्चाद्धारा आयोजित संयुक्त चुनावी बहिस्कार तथा अवज्ञा सभालाई सम्बोधन गर्दैँ आसन्न निर्वाचनमा भोट हाल्न नजान जनतालाई आह्वान गरेका हुन् ।

यसअघि भोट हालेर जिताएकाहरुले राष्ट्रघात गरिरहेकाले भन्दै उनले भोट नहाल्न आग्रह गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘लोकतान्त्रिक गणतन्त्र भनेको दलाल र नोकरसाही पुँजीवादी व्यवस्था हो ।’

अब जनगणतन्त्र व्यवस्था लागू गर्नुपर्ने उनको भनाइ छ । ‘यो भनेको मजदुर, किसान, महिलाहरूको व्यवस्था हो, यहि नै पहिलो आवश्यक र विकल्प हो’, उनले भने– ‘त्यसका लागि यो संसदीय व्यवस्था बहिष्कार  गर्नुपर्छ।’