संसदीय व्यवस्था नेपाली जनताको व्यवस्था होइन् : धर्मेन्द्र बास्तोला

बिरेन्द्रनगर, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले संसदीय व्यवस्था नेपाली जनताको व्यवस्था नभएको बताएका छन् ।सुर्खेतको बिरेन्द्रनगरमा आयोजित चार दलित मोर्चाको चुनावि अवज्ञा/बहिस्कार सभामा सम्बोधन गर्दैँ नेता बास्तोलाले उक्त कुरा बताएका हुन् ।

नेपाली जनताले यही लुटेरा संसदीय व्यवस्थाको लागी संघर्ष नगरेको बताउदैँ उनले मंशिर ४ गतेको संसदीय व्यवस्था अन्तर्गत हुने निर्वाचन खारेज गरिनुपर्ने उनले बताए ।

चुनाव अवज्ञा तथा बहिष्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘कुन तानाशाह छान्नका लागि चुनाव गरिँदैछ ?  उनीहरूले पाँच वर्ष लुटेर खान बाहेक अरू केही गर्नसक्ने छैनन् त्यसैले चुनाव बहिष्कार गर्नतर्फ आम जनतालाई आह्वान गर्दछौं।’

उनले यो संसदीय व्यवस्था रहेसम्म साम्राज्यवादीहरुको कठपुतली चलिरहने र परिवर्तन सम्भव नहुने बताए । ‘यो दलाल पुँजीवादी शासनको विध्वंश गर्न जरुरी छ, उनले भने– ‘थोरै भोटले चुनिएर शासन गर्ने व्यवस्था लोकतान्त्रिक व्यवस्था होइन । अब वैज्ञानिक समाजवाद चाहिएको छ ।’