विप्लवको युवा सङ्गठनकाका महासचिव विदुशी माओवादी केन्द्रमा

काठमाडौं, नेत्र बिक्रम चन्द ‘विप्लव सि’ नेतृत्वको नेकपा निकट युवा सङ्गठन नेपालका केन्द्रीय महासचिव माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । महासचिव सावित्री अधिकारी ‘विदुशी’ सहितका केही युवा युवा पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।उनीहरूलाई  प्रचण्डले खुमलटारस्थित निवासमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेको बताइएको छ।

गयको स्थानीय चुनावमा विप्लव लगायतका नेताहरु संसदीय संसोधनवादमा फसेको भन्दैँ विप्लव-प्रकाण्ड लगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गरेर धर्मेन्द्र बास्तोला ‘कन्चन’ को नेतृत्वमा नेकपा (बहुमत) गठन गरिएको थियो ।

त्यस्तै केही दिनअघी मात्र विप्लव नेकपाका पोलिटव्युरो सदस्य ओम प्रकाश पुन, अग्नि धामी लगायतका शुदुरपश्चिमका प्रभावसाली नेताहरु माओवादी केन्द्र तिर फर्किएका थिए ।