निर्वाचन बिथोलिने गतिविधि हुन नदिन आयोग सचेत

काठमाडौं, निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन बिथोलिने गतिविधि हुन नदिने विषयमा आयोग सचेत रहेको जानकारी दिएका छन् ।

आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले निर्वाचन बिथोलिने गतिविधि हुन नदिने गरी सचेतका साथ काम भएको बताए ।

आयोगले कुनै पनि प्रश्न नउठ्ने गरी काम गरेको दाबी गरेका उनले निर्वाचन आचारसंहिता परिपालनामा सबैमा जोड दिए ।