कालिकोटमा बम विष्फोटको घटनामा आयोगले थाल्यो अनुगमन

कालीकोटको तिलागुफा नगरपालिकामा कात्तिक १२ गते भएको बम विष्फोटमा परी २ जना बालिकाको मृत्यु भएकोे घटनामा राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन सुरु गरेको छ ।

सोही घटनामा अन्य ३ जना बालबालिका घाइते भएका थिए ।घटना सम्बन्धमा र आयोगले सम्बन्धित निकायमा पत्राचार गर्नुका साथै, घटनाको स्थलगत अनुगमन गर्न टोली पठाएको प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।