दैलेख ढुङ्गेश्वरको पधेरी खोलामा बोलेरो जिप दुर्घटना
दैलेख, सुर्खेतको बिरेन्द्रनगरबाट दैलेख ढुङ्गेश्वर गाउँपालिका-३ को बाले जादैँ गरेको बोलेरो जिप दुर्घटनामा परेको छ ।
सोमबार सुर्खेत देखि बाले तिर जाँदै गरेको ग ३ च १६८० नम्बरको बाेलेराे जीप डुङ्गेश्वर गाउँपलिका वडा न. ३ बाले पुग्ने क्रममा हनेटा गाउँ नजिकको पधेरी खोलामा दिउँसो करिब ३ बजे तिर दुर्घटनामा परेको गाउँपालिका अध्यक्ष सुन्दर कुमार केसीेले जानकारी दिए । दुर्घटनामा कुनैपनि किसिमको मानवीय क्षेति भने भएको छैन् ।
उक्त बोलेरो उकालो सडकमा चढदै गर्दा ब्रेक फेल भएर सडकबाट चिप्लिदैँ करिब ३० मिटर तल पुगेर सालको रुखमा ठोक्किएर रोकिएर अड्केको गाउँपालिका अध्यक्ष केसीले बताए । उक्त बोलेरोमा सामान सहित करिब ७-८ जना मानिस सवार रहेको बुझिएको छ ।
दैलेखको ढुङ्गेश्वर गाउँपालिका-३ मा पर्ने उक्त बिकट गाउँ पुग्ने सडकको सामान्य ट्रयाक खुलेको केही बर्ष भएपनी समयानुकुल सडकको स्तरउन्नती नहुदाँ ज्यानको बाजि थापेर यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउछन् ।