नौमुलेका बाढीपहिरो प्रभावितलाई राहत वितरण
दैलेख, नौमुले गाउँपालिका वडा नं ६ सल्लेरी निवासी हाल अमेरिका बस्दैँ आउनुभएका मानेन्द्र चन्दले वर्षाको समयमा बाढीपहिरो प्रभावित र घर आगलागी भएका पीडितहरुलाई पठाएको भएको राहत सामाग्री वितरण गरिएको छ ।
नौमूले ६ सल्लेरीमा वर्षातको समयमा गएको बाढीपहिरोबाट पीडितहरुका लागी केहि सहयोग पुर्याउने उद्देश्यले समाजसेवी मानेन्द्र चन्दको आर्थिक सहयोगमा उक्त राहत वितरण गरिएको हो।
राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेता हरी राना, गगन थापा, नेकपा (माओवादी केन्द्र) का नेतृ टिका रावल, नेकपा (एकीकृत समाजवादी) का नेता हरी थापा, भोजबिर थापा, अशोक थापा लगायतको उपस्थिती रहेको थियो भने राहत वितरण नौमूले ५ का अध्यक्ष कृष्ण सलामीले गर्नु भएको थियो। नौमुले गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष कृष्ण सलामीले पीडितहरुलाई खाद्य सामाग्री वितरण गर्दै, विदेशमा रहे पनि आफ्नो गाउँघरमा अप्ठ्यारो पर्दा सधैं खुलेर सहयोग गर्ने समाजसेवी मानेन्द्र चन्दको उच्च प्रसंशा गर्नु भयो ।
समाजसेवी चन्द कै सहयोगमा दशैं अगाडी पनि राहत वितरण गरिएको थियो। उनले नौमूले ५ निवासी क्यान्सर पिडित बल बहादुर नेपालीको खुट्टाको उपचार र नौमूले ५ कै मृगौला पिडित अम्मर सलामीलाई नगद रु १० हजारको दरले आर्थिक सहयोग गर्नु भएको नौमूले ५ का निर्वाचित वडा अध्यक्ष कृष्ण सलामीले बताए ।
साथै उनले कोरोना महामारीको समयमा समेत स्वास्थ्य सामाग्री उपलब्ध गराउनुका साथै नौमुले गाउँपालिका भित्रका अति विपन्न असहायहरुलाई समस्या पर्दा सहयोग गर्दै आउनुभएको छ ।