विप्लवको युवा सङ्गठनका बाँकेका नेता सहित २२ जना जसपामा प्रवेश
प्रकासित मिति : २०७९ कार्तिक ७, सोमबार १६:३१
प्रकासित समय : १६:३१
नेपालगन्ज, नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा सङ्गठन बाँकेका नेता लक्ष्मण सोनी सहित २२ जना जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन ।उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपालले आइतवार नेपालगन्ज गरेको पार्टी प्रवेशमा विप्लव नेतृत्वको नेकपाका जिल्ला समिती सदस्य निकटको युवा सङ्गठनका जिल्ला पुर्व जिल्ला उपाध्यक्ष लक्ष्मण सोनी सहितका २२ जना युवाहरु पार्टी परित्याग गरेर जसपामा प्रदेव गरेका हुन् ।
नव प्रवेशिहरुलाई नेपाल सरकार निवर्तमान भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत तथा जसपाका युवा नेता मोहम्मद इश्तियाक राईले स्वागत गरेका हुन् । पुर्व मन्त्री राई हाल जसपाबाट बाँके क्षेत्र नं. २ प्रतिनिधी सभाका उम्मेदवार समेत हुन् ।