नवीन शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिती गठन
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज नगर कमिटीको बैठकले मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरि एक महिने निर्वाचन तयारी अभियान गर्ने निर्णय गरेको छ ।बिहिवार बसेको पुर्ण बैठकले लुम्बिनी प्रदेश समिति सदस्य नवीन शर्माको नेतृत्वमा १ सय ११ सदस्यीय निर्वाचन परिचालन समितिको निर्माण गरेको हो । नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य लुम्बिनी प्रदेश समिति सहसचिव बाँके क्षेत्र नं. २ प्रदेशभा ‘ख’ का उम्मेदवार अकल बहादुर बम उपस्थित बैठकले आफ्ना उम्मेदवारलाई जिताउन जस्तोसुकै परिस्थितिको सामना गर्ने गरि विभिन्न निर्णय गरेको छ ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सहसचिब बमको प्रमुख अतिथ्यतामा बसेको बैठकले जस्तो सुकै परिस्थितिको सामना गर्नु परेपनि आफ्ना उम्मेदवारलाई बिजयी गराउने गरि एक ढिक्का भएर लाग्ने गरी विभिन्न निर्णय गरेको हो ।
क्षेत्र नम्बर २ अन्तर्गत निर्वाचन क्षेत्रका सबै वडाहरुमा तत्काल औपचारिक कार्यक्रम गरि निर्वाचन प्रचार-प्रसार कार्यालय उद्घाटन गर्ने नेपालगन्ज उपमहानगरपालिकाका नगर अध्यक्ष रतन बहादुर शाहीले जानकारी दिए । त्यस्तै सबै वडा समिति, जवस मोर्चा र पेसागत संगठनहरु सँग कार्तिक ७ गते भित्र बैठक बसिसक्ने समितिले निर्णय गरेको छ । यसै क्षेत्रमा रहने प्रदेश समिति सदस्य, जिल्ला समन्वय समिति सदस्य र नगर पदाधिकारीहरुको कार्य बिभाजन हरेक वडाहरुले नेतृत्व गरेर प्रचार मोर्चालाई चुस्त र दुरुस्त बनाउने भएको छ ।
वडाहरुमा जनभेला, जनभेटघाट, घरदैलो कार्यक्रमलाई व्यापक बनाएर लैजाने मुल निर्वाचन परिचालन समिति संयोजक शर्माले बताउनु भयो । मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमुना मतपत्र प्रत्यक वडामा व्यवस्थित गर्ने, सबै वडामा मत सर्वेक्षण तथा विश्लेषण गर्ने, पार्टीको घोषणा पत्र, प्रचार सामग्री तयार गर्ने जस्ता निर्णय गरि अगाडी बढ्ने बताइएको छ ।