संविधानलाई ट्रयाकमा राख्न गठबन्धन : प्रकाशमान
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरता बिना विकास निर्माण सम्भव नहुने भएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले देशमा स्थिरता कायम होस् भन्ने चाहना जनताको भएकाले राजनीतिक स्थिरताकै लागि गठबन्धन गरिएको बताए । उनले गठबन्धनको विकल्प नभएको समेत बताए ।
राजनीतिक स्थिरताबाटै देशमा समृद्धि र विकास हुने भन्दै उनले आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह समेत गरे । ‘नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको लागि जुन चाहना छ, राजनीतिक स्थिरता कायम गर्नको लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ’
, सिंहले भने, ‘अस्थिरता भयो भने विकास निर्माणको कुरा काल्पनिक हुन जान्छ, राजनीतिक स्थिरता र स्थायित्वका लागि र संविधानलाई ट्रयाकमा राख्न र कार्यान्वयन गर्नको लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।’गठबन्धनलाई जिताउन देशभरका सबै नेता, कार्यकर्ता सहजताका लागि आवश्यक पहल गर्न सिंहको आग्रह छ ।