‘देशभरी कुनै विकल्प विना गरिव जनताको बिल्लिबाठ गर्ने बालने आतंक सैय छैन’

काठमाडौं । कुनै विकल्प विना नै सडक तथा स्वोरोजगार मजदुरहरुको बिल्लिबाठ गर्ने देशभरीको बालेन अभियान विरुद्ध सडकमा उत्रने पीडित संग सम्बद्ध सरोकारवाला पक्षले चेतावनी दिएको छ । बुधबार राजधानीको संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले पीडित सहितको उपस्थितिमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक जमिनहडपेर खडा गरिएका ठूलामहल माथिको बानेल डोजरको भने समर्थन गरेका छन् ।
नेकपा (बहुमत) निकट सो टे«ड यूनियन माहासंघका अध्यक्ष विनोद थापाले पत्रकार सम्मेलनमा बोल्दै स्वच्छ सफा काठमाडौं महानगरपालिका बनाउने नाममा मेयर बालेन्द्र शाहले गरिब तथा स्वोरोजगार नागरिकलाई अमानविय व्यवहार गरेको भन्दै उनिविरुद्ध छिट्टै सडकमा उत्रने उद्घोष गरेका हुन् ।  फुटपाथका मजदुर किसान भूमिहीन सुकुम्वासीहरुलाई कुनै पनि विकल्पबिना नै रोजगारीको आधारबाट हटाइरहेको र त्यीप्रवृत्ति देशभर चलेको प्रति आफ्नो संगठन आक्रोषित भएको बताएका छन् ।
अध्यक्ष थापाले नेपलको श्रम बजारमा औपचारिक ३५ लाख तथा अनौपचारिक २५ देखि ३० लाख श्रमिकहरु क्रियाशिल रहेको र विगत देखि वर्तमानका ठूलाठूला परिवर्तनमा उनिहरुको अहम भूमिका रहेपनि हरेक पल्ट सशकहरुले उनिहरुलाई नै पेल्ने गरेकोले फेरी पनि बिद्रोहमा जान बाध्यता आउने बताए । अहिले नेपालका हरेक  संसदवादी पार्टीहरुले तिनका ट्रेडयूनियनहरुलाई एनजियोमा परिणत गर्दै विदेशी दातृ निकायहरुबाट लाभलिने माध्यमबनाएको आरोप लागाउँदै भने,“मजदुरको हितकानिम्ति स्थापित संगठनहरु अर्थवाद, वर्गसमन्वयवाद, टे«ड यूनियनवादमा फस्न पुगी श्रमिक विरोधीघातक तथा गलत सम्झौताहरु गर्ने गरेका छन् ।” 
पत्रकार सम्मेलन मार्फत ‘बालेन्द्र शाह ’प्रवृत्ति देशैभरी फैलिरहेको र देखावटी रुपमा केही सामान्य पार्किङ एरिया मिच्ने भवनमा डोजर हाईहाई कामाए पनि खासमा वेसहारा गरिव जनता र गरिखाने नागरिकहरुलाई मुख्य निशाना बनाईकोले बालेन प्रवृत्ति विरुद्ध संघर्ष छेड्नुको विकल्प नभएको बताएका छन् ।
लम्जुङ स्थायी घर भएकी सर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प नै एक मात्र बाँच्ने आधार नै खोसेर अमानविय क्रुर व्यवहार गरेको बताउँदै प्रश्नगरिन््,“के हामी यो देशका नगरिक होइनौं र ? सरकारले आफै रोजगारीको व्यवस्थागर्नु पर्ने ठाउँमाउल्टै उठिबास लगाउने ?”गतमहिनाको अन्त्यतिर थापाथलि स्थित प्रशुतिगृहको नजिकबाट उनको गाडा उठाइएको थियो ।  हेटौंडा स्थायी घर भएकी बनेपामा गाडामा जुत्ता चप्पल बेच्ने विमला चौलागाईले सरकारले गरिवहरुको विहान वेलुका छाक टार्ने आधार पनिचुडेर लगेको भन्दै गुनासो गरिन् । अर्की पीडित रामेछाप मन्थलीघर भएकी सुनिता कार्कीले आफ्नो गाडामाभएको चट्पटे व्यापार नै रोकेपछि बालबच्चा र परिवार कसरी पाल्ने अनि नागरिकको अविभावक राज्य नै भक्षक निक्लेपछि कस्लाई भन्ने भन्दै भावुक भइन । गाउँको जग्गा जमिन बाँजो राखेर किना फुटपाथमा व्यवसाय गर्नु भन्ने तर्क गर्ने मान्छेहरुलाई उनले प्रश्नगर्दै भनिन्,“गाउँघरमा हामीले व्यापार व्यवसाय या जमिनमा खेति गर्ने वातावरण चाहिँ खोई त ?”
सो संगठनले दैनिक ज्याल प्रणाली खारेज गरी घण्टा अवधिको रु.१ सय ५० र श्रमिकको न्युनतम तलब मासिक ३० हजार गर्नु पर्ने, ८ घण्टाकार्य अवधि घटाई ५ घण्टाकाम अनि ३ घण्टा अध्ययन अनुसन्धान गर्ने कार्य ब्यवस्था गर्नु पर्ने लागायतका २२ बुँदे मागपत्र समेत सार्वजनिक गरिएको छ ।