दैलेखबाट प्रदेश सभा सदस्यमा रेग्मिको पुन: उम्मेद्धवारी
विरेन्द्रनगर, नेपाल कम्युनिस्ट पाटी एमालेको तर्फबाट दैलेख क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ का उम्मेदवार हुन धर्मराज रेग्मी ! उनि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद समेत हुन् ।

धर्मराज रेग्मी
हाल नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका रेग्मी सबैधानिक कानुनको विज्ञका रूपमा सर्बोच्च अदालतमा वकालत र सबैधानिक कानुनमा अध्यापन गरेका छन् । उनी अन्तर्राष्ट्रिय एब क्षेत्रीय सम्मेलन, गोस्टी सेमिनारमा सहभागीता जनाइसकेका उनले सांसदहरुको अन्तर्राष्ट्रिय नेटवर्क ग्लोबल पार्लियामेन्ट्री फोरममा २०१९ देखि ०२१ सम्म नेपालको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
कर्णाली प्रदेशसभा सदस्यका रूपमा प्रदेश कानुन निर्माणमा उल्लेखनीय भुमिका निर्वाह गरेका रेग्मीले संविधान निर्माण प्रक्रियामा विषय विज्ञका रूपमा योगदान पनि गरिसकेका छन् । युवाको रोजाइ परेका नेता रेग्मी मानवाधिकार, विधिको शासन, भ्रस्टाचार विरुद्ध र शुशासनको पक्षमा समर्पित अभियान्ता समेत हुन् ।
उनले कर्णाली प्रदेशसभाको पहिलो कार्यकालमा कानुन निर्माण, शुशासन र भ्रस्टाचार बिरोधी अभियान्ताका रूपमा अनवरत रूपमा प्रदेश सभामा आवाज बुलन्द गरीरहेको बताए । जनतका आवज प्रदेशसभामा मुखरित गर्न मैले कसैको डर प्रलोभन र लोभमा नपरी सरकारमाथी निरन्तर प्रश्न उठाइरहेको उनले उल्लेख गरे । उनले भने, ‘राजनीतिक र प्रशासनिक नेतृत्व तहमा हुने भ्रष्टाचार र कमिसनतन्त्रले कर्णालीको गरिबी र बेरोजगारी र अव्यवस्थालाई देखाएर आफ्नो लुटको साम्राज्य चलाइरहेका छ्न । जनप्रतिनिधिको रूपमा मैले लगातार त्यसबिरुद्व आवाज उठाए ।’
उनले आफ्नो निर्वाचन क्षेत्रमा आफू सांसद रहेकै अवधीमा २९ वटा विधालय भवन निर्माण गरिएको बताए । उनले भने, ‘केही रणनीतिक सडक, खानेपानी र कृषि, स्वास्थ क्षेत्रमा उल्लेख्य कामहरू गर्दै आएका छौं ।’ यो चुनावमा विजयी भए मुलभुत रूपमा प्रदेशसभामा बिधायिकी काममा सक्रिय रहने उनले बताए ।
यो पटक भोट दिएमा विगतमा शुरु गरेका पुर्वाधारका कामहरूको निरन्तरता दिन, सुर्खेत–दैलेख–सडक प्रदेश प्राथमिकतामाको सडकमा राखेर ‘डबललेन’ बनाउने उनले बताए । उनले, ‘पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई रणनीतिक महत्वका रूपमा प्रदेश र संघीय कार्यक्रम मार्फत यथाशीघ्र अगाडि बढाउनेछु ।’
यस्ता छन रेग्मिका प्रतिवद्धता :
१. बिगतमा हामीले शुरु गरेका पुर्वाधारका कामहरूको निरन्तरता दिने ।
२.सुर्खेत – दैलेख – सडक” प्रदेश प्राथमिकतामाको सडकमा राखेर “डबललेन” बनाउने ।
३. पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई रणनीतिक महत्वका रूपमा प्रदेश र संघीय कार्यक्रम मार्फत यथाशीघ्र अगाडि बढाउने ।
४. अघिल्लो कार्यकालमा हामीले निर्माण शुरु गरेका गुरासे- तल्लोडुङेश्वोर,/ कोप्ची -कट्टी- रुम देउली/ माथिल्लो डुङेश्वर -पराजुल चौखेडा हनेटा/ डुङेश्वर – धरमपोखरा / सान्तडा – तुर्सु पोखरा पातिहाल्ना र सान्तडा मेहेल्तोली पातिहाल्ना सडक निर्माण र स्तरउन्नति गर्ने कार्यलाई निरंतरता दिने ।
५. पालिका केन्द्र र वडाकेन्द्र सम्मका सडक निर्माण कार्य अगाडि बढाउने ।
६.तल्लोडुङेश्वर लोहोरे लेफ्टिङ खानेपानी गुराँस( १/४) लाई प्रदेश गरौवको आयोजना मार्फत अगाडि बढाउने र डुङेश्वर अवलपराजुल / डाडापराजुल ओइरी क्षेत्रको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि बृहत खानेपानी आयोजना संचालन गर्ने ।
७. गुराँस – तरकारी पकेट क्षेत्र/ डुङेश्वर फलपुल क्षेत्र र भगवतीमाई लाई पशुपालन क्षेत्रका कार्यक्रमलाई योजनाबद्व रूपमा निरन्तरता दिइनेछ ।
८. कृषि, पर्यटन , पशुपालन र लगु उधोगको क्षेत्रमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने नीति कार्यक्रम र बजेट निर्माण गरिनेछ ।
९. प्राभवकारी कानुन निर्माण, शुसासन र भ्रष्टाचार विरुद्धको प्रतिबद्धता र अभियानलाई शसक्त बनाउने
१०. गुण्स्तरीय बिधालय शिक्षा, प्राथमिक स्वास्थ,आधारभुत उत्पादन, र बस्तु तथा सेवाको प्रभावकारीतामा जोड दिने ।