नेपाल–चीन सिमा केन्द्रविन्दु भएर भूकम्प
प्रकासित मिति : २०७९ कार्तिक २, बुधबार १६:३१
प्रकासित समय : १६:३१
काठमाडौँ, काठमाडौँ उपत्यका वरपर भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबार अपरान्ह ३ बजेर ७ मिनेटमा नेपाल र चीनबीचको सीमामा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित आसपास क्षेत्रमा महसुस गरिएको थियो ।