पुर्व मन्त्री सुनार माओवादी केन्द्रमा प्रवेश
बाँके, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहईन्चार्ज दलबहादुर सुनार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सुनार सोमबार माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनलाई माओवादी नेतृ पूर्णाकुमारी सुवेदीले पार्टीमा स्वागत गरिन् । सुनार संविधानसभा सदस्य तथा पूर्वमन्त्री हुन् ।
उनले बाँके( ३ ९क० बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए । गठबन्धनले प्रदेशमै एकीकृत समाजवादीको उम्मेदवारी शून्य पारिएको भन्दै सुनारले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले स्वतन्त्र उम्मेदवारी दिएको प्रदेशसभाको क्षेत्रमा गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रप्रसाद खरेलले उम्मेदवारी दिएका छन् ।
बाँके ३ मा उनी लोकप्रिय दलित नेताका रूपमा परिचित छन् । २०५४ मा एमाले विभाजन भई मालेका तर्फबाट २०५६ मा चुनाव लड्दासमेत उनले ८ हजार ८ सय ३६ मत ल्याएका थिए ।