बबई नदीमा दुई शव फेला
प्रकासित मिति : २०७९ आश्विन ३१, सोमबार १६:०५
प्रकासित समय : १६:०५
बर्दिया, बर्दियाको बबई नदीमा बगेर आएको दुइजना पुरुषको शव फेला परेको छ ठाकुरबाबा नगरपालिका–१ नदीमा अन्दाजी ६० वर्षका पुरुषको तारजालीमा अडकिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
शव सनाखत हुन नसकेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताए । यस्तै कर्णाली नदीस्थित गेरुवा गाउँपालिका–१ इन्टेकमा एक अन्दाजी ६५ वर्षका पुरुषको शव फेला परेको छ ।
काम गर्न गएका राजापुर नगरपालिका–१ सोनपुरका डिल्लीराज शर्माको खसेर मृत्यु भएको परेको सशस्त्र प्रहरी बलले जनाएको छ ।