इन्डोनेसियाको स्टेडियममा भएको हिंसामा मृत्यु हुनेको संख्या १७४ पुग्यो
प्रकासित मिति : २०७९ आश्विन १६, आईतवार २०:५४
प्रकासित समय : २०:५४
एजेन्सी, इन्डोनेसियामा शनिबार एक फुटबल म्याचका बेला भड्किएको हिंसा र भागदौडमा मृत्यु हुनेको संख्या १७४ पुगेको छ । घाइतेको संख्या पनि व्यापक छ । यसलाई विश्वमा भएको हालसम्मकामे सबैभन्दा ठूलो स्टेडियम दुर्घटनाको संज्ञा दिएको छ । हिंसा त्यतिबेला भड्कियो जब म्याच हार्ने समूहका प्रशंसक भड्किए र मैदानमा आए ।इस्ट जाभा प्रान्तमा अरेमा एफसी र पर्सेबाया सुरबायाबीच खेल चलिरहेको थियो । अरेमा एफसीलाई २–३ ले हारिरहेको देखेपछि यसका प्रशंसक मैदानमा छिर्न थाले ।
समाचार एजेन्सी एएफपीका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले आफ्नो टोलीले खेल हारेको देखेर केही मानिस फुटबल मैदानतर्फ दौडे र उनीहरूलाई रोक्न खोज्दा स्थिति अनियन्त्रित भएको बताए ।