टेनिस टोली थाइल्यान्ड जाने
प्रकासित मिति : २०७९ आश्विन १४, शुक्रबार २१:२९
प्रकासित समय : २१:२९
काठमाडौं, आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिप अन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दै छ ।अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ ब्वाइज÷गल्र्स गरी ४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ब्वाइजमा राजवीर प्रधान र दर्शिल श्रेष्ठ तथा गल्र्समा प्रशंसा मोक्तान र आध्य पौड्याल रहेका छन् । प्रशिक्षकमा राजकुमार लामा छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेले सातदोटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार बिदाइ गरे ।