एक बर्ष भारतको शिक्षाप्रद अनुभव

भारतको हिमाचल प्रदेशको किनौर भन्ने जिल्लामा अलि पहिला “महाभारत” को जस्तो पाण्डव चलन थियो । घरको जेठो छोरोले भित्र्याएको स्वास्नीलाई पछाडीका जतिओटा भाइ भएपनि सबैले श्रीमती भनेर स्वीकार गर्थे । ती एउटी श्रीमतिले ९ वटासम्म पुरुषलाइ श्रीमान भनिएको कुरा त्यहाँको इतिहासमा छ ।पोहोर साल म पनि कामको सिलसिलामा त्यहाँ गएँ । एउटा घरका तीन दाजूभाइ कि एउटै श्रीमती देखेको प्रत्यक्षदर्शी म नै हूँ । अचेल यदाकदा त्यो नियम लोप हुँदै गएको रहेछ । “हुन त यस्तो नियम धेरै बर्ष पहिला नेपालमा पनि थियो भन्ने सुनिन्छ । तर त्यो ईतिहास चाहिँ पढिएको छैन ।” अहिले “लेडिज् पोपूलेशन” बढेका कारण भारतमा पनि एक-एक विहे गर्ने चलन चलिराखेकै छ । जातीय विभेद चाहिँ भारतमा अझ तीब्र गतिमा छ । धार्मिक- साँस्कृतिक र भाषिक विभेद पनि निकै छ । अलि उच्च ओहदाका मान्छेले निम्न वर्गका मान्छेहरूलाई झनै घृणा पनि गर्छन् । गुणस्तर शिक्षा सिकेर पनि “attitude” भने निकै देखाउछन् । नेपाली कामदारहरूलाई भारतका गरीब खानदानका मान्छेले बहादुर भनेर नमस्कार टक्र्याउँछन् भने धनी खानदानका मान्छेले “ओई चिंकी चाउमिन” भनेर बोलाउँछन् ।

वैकल्पिक विकास र शिक्षाका आधारमा निकै विकसित भएता पनि यहाँका अधिकांश मानिसहरूको मस्तिष्कमा भने विकास हुन सकेको छैन । विकास हुनुको मूख्य कारण सरकार धनी भएर हो भन्ने बुझौँ । “डान्स् इन्डिया/ इन्डिया आइडल/ इन्डिया ट्यालेेण्ट” जस्ता लोकप्रिय स्थानहरूमा पनि हुनेखानेले मात्रै पाउँछन्, एकाध गरीबीहरूले अवसर पाउँछन् । भारतको जनसंख्या लगभग १सय पैंतिस करोड छ । यश भित्र यीनिहरूको छुट्टा-छुट्टै दिनचर्या हुने गर्दछन् जस्तो :- उच्च वर्गका ३ तारे, ५ तारे अथवा रिसोर्टका ठूला-ठूला हल” मध्यम वर्गका “ढाबा/ मीट मार्केट/ सब्जी मार्केट जस्ता आधा सफा आधा फोहोर ठाउँतिर” अनि निम्न वर्गकालाई चाहिँ “फोहोर सरसफाई/ग्यारेज् तथा मजदुरी” अनि एउटा अलग विषय :- कतिपय घरमा त लुला- लंगडा र केही अपाहिज भएका शिशु, बालक, जवान र वृद्ध जो सूकै होस् घरनिकाला गरिदिन्छन् । “विशेषगरी शहरतिर” ! त्यसपछि भिख माग्न बाध्य हुन्छन् र आफ्नै सन्तान वा परिवारद्वारा नै भिखारी बनाइन्छ ।

हरेक भारतीयहरूले महात्मा गान्धी र भगत सिंहलाइ भने दिलमा राखेका हुन्छन् । आजाद दिवसका दिन गान्धी जी र भगत जीका शालिकहरूमा झण्डा फर्फराउँदै, नारा लाउँदै खूबै पूजेको पनि देखियो ।

अर्कोथरी यत्रो जनसंख्यामा करिब एक/डेढ लाखजति त नपुंसकलिङ्गी हरू पनि छन् । यीनिहरूका लागि भने भारतमा कुनै कानून छैन । यीनिहरू अपराध चाहिँ गर्दैनन् खासगरी जे गर्छन् डायरेक्ट् गर्छन् । यत्रो जनसंख्यामा कुनै- कुनै खराबी होलान् नत्र १० रूपैयाँ मागेकोबेला तपाईं २०००/- को नोट दिनुहोस्, इमान्दारीतापूर्वक १० रूपैयाँमात्र काटेर बाँकी फिर्ता दिन्छन् । तेस्रो लिंगीहरूले अलि बढी लुटपाट र जबर्जस्ती गर्ने भनेको यूपी, बिहार र अन्य ठूला शहरतिर हो । “तेस्रोलिंगी भएर जन्म लिएपछि गाउँ समाजले घृणा गर्छन् र घरको बेइज्जती हुन्छ भनेर प्राय: सानै उमेरमा कतै जंगल तथा ठूला-ठूला शहरका गल्लीहरूमा आफ्नै घरपरिवारले छाडिदिएपछि उनीहरू यसरी माग्न/लुट्न बाध्य हुन्छन् ।”

पहिला पाकिस्तान र भारत एउटै देश थिए रे,, अचेल छुट्टिएर अगस्ट -१४ मा पाकिस्तानले र अगस्ट-१५ मा भारतले धुमधामसंग आजाद दिवस मनाउदा रहेछन् । तर पनि भारतको जम्मू “कश्मिर” बाउडरतिर भने पाकिस्तान र हिन्दुस्तानको दैनिकी लडाइँ परिरहदोरहेछ सीमाकै आधारमा । उसो त पञ्जाब मा पनि सीमा पर्छ तर जम्मूमै मात्र किन लडाइँ त्यो भने प्रष्ट बुझ्न सकिन । हरेक भारतीयहरूले महात्मा गान्धी र भगत सिंहलाइ भने दिलमा राखेका हुन्छन् । आजाद दिवसका दिन गान्धी जी र भगत जीका शालिकहरूमा झण्डा फर्फराउँदै, नारा लाउँदै खूबै पूजेको पनि देखियो । रतन टाटा “मेरा हुन नसकेका मीत” र मुकेश अम्बानीजस्ता विश्वव्यापी धनीहरू पनि यसै देशमा जन्मिएका रहेछन् ।

यहाँका अधिकांश मानिसहरूले गुणस्तर शिक्षा प्राप्त गरिसकेपछि ध्यानपूर्वक सोंच्दारहेछन् ।” जागीर, गाडी, बङ्गला, बैंक ब्यालेन्स् अनि बल्ल परिवार” यी पाँच कुरामा विशेष सोंच्दारहेछन् । त्यसैले यहाँका मान्छे उमेर र बुद्धिले परिपक्व भएर २८-३० बर्ष कटेपछि मात्रै विवाह गर्दारहेछन् ।अनि रोजगार चाहिँ ७५ बर्षसम्म पनि नछोडेको मैले आफ्नै आँखाले देखें । हामी भने ४० नकटेकै बसिबसि खान खोज्ने । १२/१४ बर्षमै बेहुला- बेहुली बन्नेतिर सोंच्छौँ । अनि कहाँबाट उँभो गति लाग्छ त –? बाल्यकालमै विवाह गर्छौँ, यौवन नभरिएकै । अनि बिस्तारै बैँस भरिदै जान्छ घरका बूढी नराम्री लाग्छन्, बूढा नराम्रा लाग्छन् । अनि अरूसित सल्किन्छौँ अनि सन्तोष देउजाजस्ताले अन्तर्वार्ताको अवसर पाउँछन् ।

अन्तमा मैले भोगेको हुनाले मेरो सुझावयस्तो दिन चाहान्छु सम्पूर्ण नेपाली जनहरूमा विनम्रताका साथ । सबै भन्दा पहिले पढ्नुहोस्, पढेपछि उच्च शिक्षा हाँसिल गर्न सक्नुहोस् त्यसपछि एउटा लक्ष्य लिएर अति मेहनत गर्नुहोस । २३ बर्ष नहुँदासम्म नेपाली/इन्डियन सेना तथा प्रहरीतिरै भएपनि कोसिस गर्नुहोस । त्यतातिर पनि फुत्केपछि अझै १/२ बर्ष मेहनतले पढाइ गर्नोस् २५/२६ को हुँदा पनि जागीर खान सकिएन भने बल्ल विदेश सोँच्नुहोस् । २५/२६ मा विहे गरेर वाहिरिनुभो भने संघर्ष गरेर बुझिसक्नु भएको हुन्छ । कसैले अन्याय गर्दैन । न श्रीमती भाग्छिन, न श्रीमानले साथ छोड्छन् । किनकी त्यो उमेर परिपक्व उमेर हो । म अहिले यो उमेरमा आएपछि बल्ल बुझ्दैछु । बेरोजगारी नै भएपनि समझदार जोडी भएपछि जिन्दगी सहज र सरल हुन्छ भन्ने बुझौँ । अन्य कुराहरू त सबै भन्ने कुरा न हुन् ।