कोहलपुरमा लघु उद्यमी पदर्शनी मेला लाग्ने

कोहलपुर, बाँकेको कोहलपुरमा लघु उद्यमि प्रदर्शनी मेला लाग्ने भएको छ । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ, नेपाल बाँके शाखाको आयोजनामा मंसिर २५ र २६ गते उक्त लघु उद्यमि तथा प्रदर्शनी मेला संचालन हुने भएको हो ।

file photo

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपाल बाँके जिल्ला शाखाको बुधबार बसेको पदाधिकारी बैठकले आगामी मंसिर २५ र २६ गते लघु उद्यमी पदर्शनी मेला संचालन गर्ने निर्णय गरेको महासंघका केन्द्रिय उपाध्यक्ष बिरेन्द्र सुवेदीले जानकारी दिए । उनले लघु उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुको पदर्शनी तथा स्थानीय उत्पादनको बजारीकरण गर्न मेलाको आयोजना गरिएको बताए ।

कोहलपुर न्युरोड स्थित खुला मैदानमा आयोजना गरिने मेलामा बाँके जिल्लाका एक स्थानीय तहबाट १० जनाका दरले ८० जना लघु उद्यमीले उत्पादन गरेका सामाग्रीहरु पदर्शनीमा राखिने आयोजकले जनाएको छ ।