बिहे कार्यक्रममा सहभागिता भएर गएको जिप कपुरकोटमा दुर्घटना, ८ जनाको मृत्यु
सल्यान, सल्यानको कपुरकोटमा जीप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जीप गयराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।बिहेमा गएर फर्केको जीप कपुरकोट गाउँपालिका–३ मूलपानीमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा जीप चालक कपुरकोट–६ जलवाङ्गका २१ वर्षका जितबहादुर बोहोरा, जलवाङ्गका ३७ वर्षका धर्मा वली, ४० वर्षका टोपबहादुर वली र उनका छोरा ११ वर्षका वसन्त वली, ३० वर्षका सुरेश खत्री, ७० वर्षका खुमलाल वली, ५५ वर्षकी कुमारी वली र कपुरकोट–५ रिमका ३५ वर्षका ललित वली रहेका छन् । मृर्तक मध्य ६ जना एकै परिवारका रहेको बुझिएको छ ।
घाइते तीलक वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगंज रिफर गरिएको छ ।
बाँकेको ढकेरीमा बिहेको कार्यक्रम सकेर सल्यानको कपुरकोट गाउँपालिका–६ फर्किदै गरेको उक्त डबल क्याप जीप दुर्घटनामा परेको थियो । घटना राति करिब २ बजे भएको थियो । घुमित र चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । जीपदेखि करिब डेढ सय मिटर तल खसेको छ । जीपमा चालकसहित ९ जना रहेको बुझिएको छ।