वाइसीएल लुम्बिनी प्रदेशको बैठक सम्पन्न, के-के गर्यो निर्णय ?
नेपालगन्ज, नेकपा माओबादी केन्द्र निकटको सहायक सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल लुम्बिनी प्रदेशको बैठक सम्पन्न भएको छ । सङ्गठनका लुम्बिनी प्रदेश संयोजक मुकेश थापाको अध्यक्षतामा शनिवार कोहलपुरमा सम्पन्न बैठकले महत्त्वपूर्ण र दुरगामी निर्णय गरेको हो ।बैठकले प्रदेशभरका जिल्लाका भेला तथा प्रशिक्षणहरू सम्पन गर्ने, जिल्लाका बैठकहरु अरोज १५ भित्र सम्पन्न गर्ने, जिल्लाका सचिवहरु तोक्ने, प्रदेश भरका १ सय ९ स्थानिय तहका इन्चार्जहरू तोक्ने, स्थानिय तहमा संगठनलाई चुस्त दुरुस्त राक्ने, प्रदेश कार्यालय स्थापना गर्ने निर्णय गरिएको सङ्गठनका केन्द्रीय सदस्य किस्मत अलि शेषले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा सङ्गठनका फ्याक्सन इन्चार्ज राम प्रसाद साप्कोटा ‘दिपशिखा’ को प्रमुख आथित्व, सङ्गठनका केन्द्रीय अध्यक्ष सुबोध श्रिपाइली, बरिस्ठ उपाध्यक्ष कसम गुरुङ, उपाध्यक्ष केयर सिंह कुवर, महासचिव गणेश शाही, सचीव जितेन्द्र पुन, मनिषा चदारा, कोषाध्यक्ष सन्तोष लगायतका नेताहरुको उपस्थिति रहेको थियो।