पशु बिमा प्रती किसानहरुको बडदो मह
सुर्खेत, जिल्लाको भेरी गंगा नगरपालीकाको समन्वयम लिर्बड र रिनीयवल वर्ड परीयोजनाको आर्थिक सहयोगमा बर्दिया राष्टिय निकुन्ज मध्य बर्ती क्षेत्र सुर्खेत भेरी गंगा नगरपालीका को वडा नं. ५ मा सामुहिक बाख्रा बिमा कार्यक्रम सन्चालन गरेको छ ।एक कार्यक्रमका बिच भेरी गंगा नगरपालीकाका प्रमुख यज्ञ प्रशाद ढकालले युनाइटेड इन्स्योरेन्स कम्पनीको पशु संकेत पटा कृर्षकको बाख्रालाई लगाई दिएर कार्यक्रमको उध्घाटन गर्नु भएको हो ।
सल्यानको कालीमाटी क्षेत्र सुर्खेतको भेरी गंगा नगरपालीका वडा नं. ५ हाती खाल र गेरुवानी लगायतको क्षेत्रमा सामुदायीक स्तरमा सामुयिक कृर्षकको ३००० बाख्रालाई बिमा गराउने लक्ष्य रहेको परीयोजनाका कर्णली प्रदेश प्रमुख ॠषि राम डागीले बताए ।
उक्त कार्यक्रममा भेरीगंगा नगरपालीकाका मेहर यज्ञ प्रशाद ढकालले राष्टिय निकुन्ज मध्य बर्ती क्षेत्र भएकाले कृर्षकको पशु चौपाया र बाली नाली बर्षेनी जंगली जनावरबाट क्षेती ब्यहोरनु प्रने भएकाले पनी यसबाट हुने हानी नोक्सानी कम गर्नका लागी र नियमीत ब्यबसाय गर्नका लागी बिमा गर्नु प्रने कुरामा जोड दिए । साथै आगामी दिनहरुमा भेरीगंगा नगरपालीकाले पनी सहयोग गर्ने प्रतिबद्यता जनाए ।
पशु बिमाको महत्व र यसबाट हुने कृर्षकलाई फाइदा र दाबी भुक्त्तानी प्रकृयाका बारेमा युनाइटेड इन्स्योरेन्स सुर्खेत शाखा प्रमुख धिरेन्द्र कुमार शाहीले कृर्षक हरुलाई जानकारी गराएका थिए ।