सिटिइभिटी कर्णाली प्रदेशलाई क्रान्तिकारीले बुझायो २ बुदे मागपत्र
विरेन्द्रनगर, नेकपा (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) जिल्ला समितीले सर्खेतले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद कर्णाली प्रदेशलाई ज्ञापनपत्र बुझाएको छ ।सङ्गठनको तर्फबाट केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला संयोजक मोहन धामीद्धारा हस्ताक्षरित दुई बुदे ज्ञापनपत्र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद कर्णाली प्रदेश प्रमुख यादव सुवेदी समक्ष विहिबार बुझाइएको हो ।
उक्त मागपत्रमा सुर्खेत जिल्ला लगायत कर्णाली प्रदेशभर संञ्चालित छोटो अवधिका तालिम कार्यक्रम संञ्चालक संस्थाले विगल लामाे समय देखी सीप परिक्षण गरिरहेको र २/३ वटा तालिम कक्षाहरु प्राय सवैकाे सीप परिक्षण गर्न वाकि रहेको, १८ महिने काेर्ष भनेर भ्रम छर्ने गरेको, लाखौँ शुल्क देखी मापदण्ड भन्दा धेरै विद्यार्थीकाे भर्ना लिएर समस्या सिर्जना गरिरहेको भन्दैँ यसलाई नियन्त्रणमा नियमन गर्नुको साटो उल्टैँ यस्ता तप कार्यक्रमलाई थप अनुमती दिईरहेकाे बिषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
यस्ता कार्यक्रमको अनुमती दिने कार्य राेक्न, वाकी तालिम कक्षाकाे तुरुन्तै सीप परिक्षण गर्न, सम्वन्धन वा अनुमती दिएका कार्यक्रम संञ्चालक संस्थाकाे अनुमति राेक्न र सवै छाेटा अवधिका कार्यक्रममा लिईरहेकाे भर्ना वन्द गर्न विशेष अनुराेध समेत गरेको छ।
त्यस्तै १८ महिने काेर्षहरुमा केही कलेजहरुले तोकिएको भन्दा बढी शुल्क अशुल्ने गरेको, आवस्यक प्रयाल्टिकल नरे नगाएर विद्यार्थीहरुमा भइरहेको ठगी, ३ वर्षे काेर्षका कार्यक्रममा विभिध समस्या देखिएकोले त्यसको अनुगमन गर्न माग गरेको छ। अन्यथा शसक्त कार्वाहीकाे प्रकृयामा अघी बढने कुराको समेत चेतावनी क्रान्तिकारीले दिएको छ।
यस्तो छ मागपत्र