युवा जनस्वयमसेवक नेपाल जाजरकोटको अध्यक्षमा पदम

जाजरकोट, नेपाल कम्युनिस्ट पार्टी बहुमत) निकट युबा जनस्वयमसेवक, नेपाल जाजरकोटको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । भेलाले पदमको अध्यक्षयतामा ३१ सदस्यीय जिल्ला समिती निर्वाचित गरेको छ ।नेकपा (बहुमत) का केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज प्रेम प्रकाश वली ‘धमिल’को प्रमुख आथित्यतामा भएको भेलामा पार्टीका जिल्ला संयोजक, महान, जिल्ला सम्मेलन आयोजक समिती सदस्यद्धय हिमाल, दिनेश, युवा जनस्वयमसेवक नेपालका केन्द्रीय सदस्य प्रकाश, जनक लगायतको उपस्थित थियो ।

भेलाको उदघाटन सत्रमा बोल्दै प्रमुख अथिती धमिलले ‘वर्तमान दलाल राज्यव्यवस्थाको कारण देश परिवर्तनका सम्वाहक युवाहरु दुर्व्यसनी, कुलत सामाजिक हिंसा, बिदेश पलायनको जर्जर अवस्थामा पुर्याएको भन्दै अबको सही विकल्प व्यवस्था परिवर्तन र बैज्ञानिक समाजवादी राज्यव्यवस्था नै निर्विकल्प सामाधान भएको जिकिर गरे ।

त्यस्तै पार्टीका जिल्ला संयोजक महानले देशको समग्र परिवर्तनको लागी सबै युवाहरु पार्टी भन्दा पनी माथी उठेर सही बिचारलाई पछ्याएर एक असल युवाको परिचय दिनुपर्ने बताए । साथै उनले देशका सम्पुर्ण युवाशक्तिहरु व्यक्ति हैन व्यवस्था बदल्न लाग्नुपर्ने बताए

त्यस्तै सङ्गठनका केन्द्रिय सदस्य प्रकाशले युवा जनस्वयेमसेवक नेपाल देशको दलाल राज्यव्यवस्थाले निम्त्याएको अन्याय अत्याचार, बेथिती, विसङ्गती, लुटतन्त्र, युवा पलायन, बेरोजगारी, कालोबजारी, लगायतका समस्याका बिरुद्द जस्तोसुकै संघर्षको नेतृत्व गर्न तयार रहेकोले देशका सच्चा परिवर्तन चाहने युवा यो सङ्गठनमा आवद्द हुन आह्वान गरे । सयौँ युवाको उपस्थितिमा र्याली सहित सदरमुकाम खलंगा बजार परिक्रमा गर्दै भेला सनराइज कटेजमा बन्दसत्रमा परिणत भएको थियो । युवा नेता बरुणको स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन युवा नेता बिश्वले गरेका थिए ।