संविधान दिवसको अवसरमा सेतुविक चोकमा दिप प्रज्वलन
नेपालगन्ज, नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले संविधान दिवसको अवसरमा साेमवार साँझ नेपालगन्जको सहिद सेतुविक चोक र पाटी कार्यालयमा दीप प्रज्ज्वलन गरेको छ ।नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपूर्ण संघर्ष दश वर्षिय जनयुद्ध जनआन्दोलन फलस्वरुप जननिर्वाचित संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको स्मरण स्वरुप हामी आठौं संविधान दिवस मनाएकाे माओवादी केन्द्रका नगर अध्यक्ष रतन बहादुर शाहीले बताए । उनले संविधान जारी भएपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार भएको छ । तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्तिहरु संविधान विरुद्ध लागिरहेको हामी सवैले अनुभुति गरिरहेको बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्रीका लुम्बिनी प्रदेश सह-सचिब अक्कल बहादुर बमले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको विषयलाई पनि संविधान दिवसका अवसरमा स्मरण गर्नु वान्छनीय हुने बताए । संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको जानकारी दिए ।
जनताको व्यापक सहभागितामा संविधान सभाले बनाएको संविधान कार्यान्वयन मार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने कुर बताउदै उनले संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षा पुरा गर्न माओवादी पार्टी प्रतिवद्ध रहेकाे बताए ।
निकट भविष्यमा हुने प्रादेशिक र संघीय निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । यही बेला संविधान मास्ने र विधिलाई समाप्त पार्ने शक्तिहरू नक्कली कुरा गरी जनतालाई दिग्भ्रमित पार्ने र झुक्याउने परास्त पर्न सबै उदपिडित बर्ग समुदाय नेता कार्याकर्ता लाग्नुपर्ने माओवादी केन्द्रले जनाएको छ ।
उक्त दिप प्रजव्वलन कार्यक्रममा नेता तथा कार्याकर्ताले उल्लेख्य सहभागिता जनाएका थिए ।